डेली समाचारदाता
जनकपुरधाम, फागुन १५ गते ।
अभिव्यक्ति स्वतन्त्रता, मिडिया विकास, सूचना तथा संचार क्षेत्रमा कार्यरत संस्था मिडिया एक्सन नेपालको अध्यक्षमा सञ्चारविज्ञ लक्ष्मणदत्त पन्तलाई चयन गरिएको छ ।
शनिवार काठमाण्डौमा समपन्न मिडिया एक्सन नेपालको पाँचौ वार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय अधिवेशनबाट पन्तको नेतृत्वमा ७ सदस्यीय कार्य समिति चयन गरिएको छ । त्यसैगरि, उपाध्यक्षमा प्रियंका झा, सचिवमा आरती शिल्पाकार, कोषध्यक्षमा दिपा केसी,सदस्यहरुमा यम बहादुर दुरा, गाणेश प्रसाद घिमिरे र आशिष मिश्रलाई चयन भएका छन् । त्यसैगरि, संस्थाले ७ वटै प्रदेशमा संयोजक समेत चयन गरेको छ । प्रदेश १ मा नरेन्द्र ढकाल, प्रदेश २ मा हदीस खुद्दार, बागमतिमा मधुसुदन दवाडी, गण्डकीमा सुनिता आचार्य, लुम्बिनीमा सन्जु पौडेल, कर्णालीमा ललित बुढा र सुदुरपश्चिममा उमाकान्त जोशीलाई चयन भएका छन् ।
त्यसैगरी, संस्थाको सल्लाहकाहरुमा वरिष्ठ पत्रकार भारतदत्त कोइराला, धुव्रहरी अधिकारी, माधव शर्मा र वरिष्ठ अधिवक्ता एवं प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष बोर्णबहादुर कार्की रहेका छन् ।
त्यसैगरी मानार्थ सदस्यमा अन्तराष्ट्रिय विज्ञहरुलाई राखिएको छ । दुबईको खालिफा विश्वविद्यालयकी डा.सादिया जामिल, यूनिभर्सिटी अफ एजुकेसन घानाकी डा गिफ्टी आपिह अदजेइ, डोगस विश्वविद्यालय टर्कीका प्राध्यापक डा वारिश कोबान, युनिभसिंटी अफ पिस भेनेजुयलाका डा.मारिया टेरेसा, किर्गिस्तानको अनलाइन युनिभर्सिटीका अध्यक्ष डा इलिरा तुरदुभावे, बंगलादेशका प्राध्यापक डा जुड विलियम जिनिलो र फिलिपिन्सको एसियन एन्स्टिच्युट अफ जर्नालिजम एण्ड कम्युनिकेसनका निर्देशक थेरेसे पार्टिसिया सन डिगो थम्स रहेका छन् ।