E-Paper
Our Team
No Result
View All Result
  • गृह पृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • अन्य
    • आर्थिक
    • विचार
    • सूचना-प्राविधि
  • भिडियो
  • ई-पेपर
  • गृह पृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • अन्य
    • आर्थिक
    • विचार
    • सूचना-प्राविधि
  • भिडियो
  • ई-पेपर
No Result
View All Result
Daily Express
No Result
View All Result

‘छोरालाई आँखा अगाडि कसरी मर्न दिउँ’


‘छोरालाई आँखा अगाडि कसरी मर्न दिउँ’

डेली समाचारदाता

जनकपुरधाम, चैत २० गते ।

सन्तानप्रति आमाको समर्पण र स्नेह कति हुन्छ त्यसको उदाहरण बनेकी छिन् जनकपुरकी ७० वर्षीया राजकुमारी मिश्र । बिहानै पूजापाठ गरेर छोरा शम्भुको स्यहार सुसारमा लाग्छिन् उनी ।

पिठ्युको हड्डी कमजोर भएर आफैं थला परिसकेकी राजकुमारीलाई छोराका ज्यान जोगाउने धोको मरेको छैन । कोठाभित्र ओछ्यानमा सुतिरहेका शम्भुलाई नियाल्छिन् । स्यहार सुसार गर्छिन् । र, दुई पैसाको जोहो गर्न बाहिर निस्किन्छिन् ।

ज्यानले बुढी भइसकेकी राजकुमारीलाई पैसा जोहो गर्न त्यति सहज कहाँ छ र । तर, छोरालाई निको पार्ने अठोट लिएकी उनलाई आफ्नो ज्यानको थोरैपनि परवाह छैन ।

पाँच वर्षअघि २४ वर्षीय छोरा शम्भुको मोटरसाइकल दुर्घटना भएको थियो । खुट्टामा चोट लाग्यो । जनकपुरमै उपचार गराए । तर, घाउ निको भएन ।

राजकुमारीले छोरालाई उपचारका लागि काठमाडौं ल्याइन् । डाक्टरले क्यान्सर लागेको भन्यो । र, भरतपुर लगेर उपचार गराउन सल्लाह दियो ।

राजकुमारीले भरतपुर लगेर उपचार गराइन् । छोरोलाई निको पार्ने भोक त्यतिमै सकिएन उनको । भारतको दिल्ली र राजस्थानसम्म पनि पुगिन् ।

जवान छोरा बिरामी भएर घरको ओछ्यानमा सुतिरहेको कसरी हेर्न सक्छिन् एक आमाले । शम्भुको उपचारका लागि राजकुमारीले भएका घरघडेरी सबै बेचिन् ।

छोराको ज्यान अझै निको भएको छैन । पैसा छैन, घरघडेरी पनि बेचेर सकियो तर, शम्भुलाई निको पारेरै छोड्ने साहस छोडेकी छैनन् राजकुमारीले ।

‘काठमाडौंदेखि दिल्लीसम्म उपचार गराउन घरबार बेचेँ । शम्भुलाई निको भएको छैन । पैसा सकिएपछि जनकपुरमा भाडाको कोठा लिएर छोरासँग बसिरहेकी छु,’ राजकुमारीले भनिन्, ‘मेरो हाड कमजोर भइसकेको छ । छोरालाई आँखा अगाडि कसरी मर्न दिउँ ।’

अर्थ र शरीर दुबैले थला परिसकेकी राजकुमारी अरूसँग पैसा मागेरपनि छोराको उपचार गराइरहेकी छिन् । जवान छोरा आँखा अगाडि ओछ्यानमा सुतिरहेको देख्दा उनको मन पिरोलिन्छ । र, पैसाको खोजीमा घर बाहिर निस्किन्छिन्, राजकुमारी । छोराको उपचारका लागि पैसाको जोहो गर्न छरछिमेक आफन्तकहाँ पुग्छिन् । मागेरै भएपनि स्वास रहुन्जेल छोराको ज्यान जोगाउने कोसिस नछोड्ने राजकुमारी बताउँछिन् ।

‘भाडाको घरमा बस्छु, बहालपनि तिर्नुपर्ने हुन्छ । छोराको उपचारका लागि सातामा कम्तिमा पाँच हजार रुपैयाँ चाहिन्छ,’ उनी भन्छिन्, ‘मागेर पैसा जोहो गर्छु । जसोतसो अहिलेसम्म छोरालाई बचाएको छु । स्वास रहुन्जेल उसको ज्यान जोगाउन सक्दो कोसिस गर्छु ।’

जवान छोराको ज्यान जोगाउन एकजना बुढी आमाको अदम्य साहस देखेर जनकपुरका केही युवा हातहरू अगाडि बढेका छन् । र, सहयोगका लागि सबैसँग अपिल गरेका छन् ।

सम्बन्धित समाचार

जानकी मन्दिरको अस्तित्वसंग खेलवाड
डेली एक्सप्रेस विशेष

जानकी मन्दिरको अस्तित्वसंग खेलवाड

२०७७ चैत्र २१, शनिबार ११:०३
श्रीमान नै ज्यानको दुुश्मन बनेपछि …..
डेली एक्सप्रेस विशेष

श्रीमान नै ज्यानको दुुश्मन बनेपछि …..

२०७७ चैत्र २१, शनिबार ११:०३
खोलामा भईरहेको उत्खन्न रोक्न पुगेका कांग्रेसका कार्यकर्तासंग झडप, दुई जना घाईते
समाज

खोलामा भईरहेको उत्खन्न रोक्न पुगेका कांग्रेसका कार्यकर्तासंग झडप, दुई जना घाईते

२०७७ चैत्र २१, शनिबार ११:०३
हात्तिको आक्रमण बाट ६५ वर्षीय बृद्धको मृत्यु
समाज

हात्तिको आक्रमण बाट ६५ वर्षीय बृद्धको मृत्यु

२०७७ चैत्र २१, शनिबार ११:०३
महोत्तरीमा व्यापारीमाथि आक्रमण गरी लुटपाट गर्ने ४ जना प्रहरीको फन्दामा
समाज

महोत्तरीमा व्यापारीमाथि आक्रमण गरी लुटपाट गर्ने ४ जना प्रहरीको फन्दामा

२०७७ चैत्र २१, शनिबार ११:०३
प्रदेश २ सरकारले दायर गरेका ६ मुद्दा विचाराधीन
डेली एक्सप्रेस विशेष

प्रदेश २ सरकारले दायर गरेका ६ मुद्दा विचाराधीन

२०७७ चैत्र २१, शनिबार ११:०३

भर्खरै

गोप्य रुपमा जउवा संघको नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण

जानकी मन्दिरको अस्तित्वसंग खेलवाड

नाम र राजधानीका प्रस्ताव दर्ताका लागि आह्वान

देश समृद्ध बनाउन पछाडी पारिएका वर्गको रुपान्तरण आवश्यक ः मन्त्री महतो

श्रीमान नै ज्यानको दुुश्मन बनेपछि …..

प्रदेश २ ः ४९ कोरोना संक्रमित थपिए


डेली एक्सप्रेसका लागि
शंकर साहद्वारा प्रकाशित
निर्देशक:सतिश रमण साह तथा
नेपाल रिपब्लिक मिडिया प्रा.लि.
खारजी, बिराटनगरमा मुद्रित

सम्पर्क

डेली एक्सप्रेस डटकम
कार्यालय जनकपुरधाम–४
सम्पर्क नं. ०४१–५३०४९९
मो.नं.९८०४९४९३५६
इमेल:
expressdaily75@gmail.com
news@edailyexpress.com

हाम्रो बारेमा

सम्पादक : सुजित कुमार साह
बजार व्यवस्थापकः
९८१८०७१२१९, ९८०४९४९३५६
न्युज डेस्क : सुजित साह
मो.नं.: ९८०४९४९३५६
प्राविधि: भारत गुप्ता

सामाजिक सन्जालमा हामि

Facebook Twitter Youtube LinkedIn
  • Privacy Policy

©2020 edailyexpress.com || All rights reserved || Developed By : Pro-Tech

No Result
View All Result
  • गृह पृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • अन्य
    • आर्थिक
    • विचार
    • सूचना-प्राविधि
  • भिडियो
  • ई-पेपर

©2020 edailyexpress.com || All rights reserved || Developed By : Pro-Tech

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In