डेली समाचारदाता
जनकपुरधाम, चैत ९ गते ।
जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । चैत २८ गते हुने मतदानका लागि कुल ३९ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
दिउँसो १ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताका लागि छुट्याइएको समय भित्र ३९ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका अध्यक्ष संतोष साहले जानकारी दिएका छन् ।
अध्यक्ष पदका लागि जितेन्द्र कुमार महासेठ र जितेन्द्र प्रसाद साहले उम्मेदवारी दर्ता गराएका हुन् । महासेठ वर्तमान कार्यसमितिका महासचिव हुन भने साह वर्तमान कार्यसमितिको बरिष्ठ उपाध्यक्ष । दूबै बिच अध्यक्ष पदका लागि कडा प्रतिस्पर्धा हुने व्यवसायीहरु बताउँछन् ।
वरिष्ठ उपाध्यक्ष पदका लागि मनिषरमण साह र सुरेन्द्र कुमार भण्डारीले उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै उपाध्यक्ष पदका लागि श्याम प्रसाद साह, संतोष कुमार साह, लक्ष्मण साह, अनिल कुमार प्रधान, अम्भु प्रसाद साह, रमेश कुमार यादव र फुलगेन साह गरी ७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
महिला उपाध्यक्षका लागि दिपिका रायको मात्रै उम्मेदवारी परेको छ ।
महासचिव पदमा कृष्ण मुरारी साह, मनोज कुमार साह, रामकुमार महासेठ, अशोक कुमार चौधरी, सुधिर पजियार, मनोज कुमार साह र मनोज कुमार साह सहित ७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
सचिव पदका लागि गोपी कुमार साह (चन्दन), संतोष कुमार महासेठ र फुलदेव पण्डित गरी ३ जनाको उम्मेदवारी दर्ता भएको हो छ भने कोषाध्यक्ष पदका लागि परमेश्वर साह (आशा), मनोज कुमार शर्मा र विजय कुमार साहसहित ३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । एशोसिएट सदस्यका लागि राजिव कुमार साह (चन्दन) ले उम्मेदवारी दर्ता गराए ।
त्यस्तै, महिला सदस्य पदका लागि सरिता ठाकुर र माया कुमारी, कार्यकारिणी सदस्य पदका लागि रमेश महतो, अनवर हुसेन, धर्मेन्द्र साह, शंकर पासमान, श्रवण कुमार साह, दिलिप कुमार साह, नरेन्द्र विक्रम साह, प्रकाश कुमार साह, रंजित कुमार भगत, राकेश कुमार साह र श्रवण प्रसादले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका अध्यक्ष साहले जानकारी दिए ।
महिला उपाध्यक्ष पदमा दिपिका राय र एशोसिएट सदस्य पदमा राजिवकुमार साहको मात्रै उम्मेदवारी परेपनि निर्बिरोध निर्वाचित भएको घोषणा हुन बाँकी रहेको छ । निर्वाचन समितिका अध्यक्ष साहका अनुसार दावी बिरोध कार्यक्रम बाँकी नै रहेकोले दाबी बिरोध सकिएपछि मात्रै दूबै जना निर्विरोध भएको घोषणा गरिने बताए । दावी बिरोधमा कुनै उजुरी परे त्यसमाथी छलफलपछि मात्रै निश्कर्षमा उनले बताए ।
निर्वाचन समितिका अनुसार मंगलबार बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म दावी बिरोध कार्यक्रम रहेको छ भने बुधबार छानविन पछि साँझ ५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । उम्मेदवारी फिर्ताका लागि बिहिबार ११ बजेदेखि अपरान्ह ३ बजेसम्मको समय छुट्याइएको छ ।