डेली समाचारदाता
जनकपुरधाम, फागुन १५ गते ।
महोत्तरीमा स्वर्गीय विशाल गुप्ता एवं कुन्दन सिंह मेमोरियल जिल्ला अन्तर पालिका स्तरीय क्रिकेट प्रतियोगिता हुन लागेको छ । जिल्लाको जलेश्वर रंगशालामा आगामी चैत २२ गतेबाट ५० ओभरको पालिका स्तरिय क्रिकेट म्याच हुने जिल्ला क्रिकेट संघ महोत्तरीका अध्यक्ष रोशन कुमार सिंहले बताए ।
जिल्लाको १५ वटै पालिकालाई समावेश गराएर गाउँ–गाउँ, टोल–टोलबाट नयाँ उर्जावान, गुणवान खेलाडी उत्पादन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पु¥याउने उदेश्यले यस प्रतियोगिताको आयोजना गर्न लागेको अध्यक्ष सिंहले बताए । उनले यस प्रतियोगितामा करिब ३२ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ ।
आयोजकले उक्त प्रतियोगितामा विभिन्न पालिकाबाट खेलाडीहरुको टिम भाग लिने जनाएको छ ।प्रतियोगितामा प्रथम हुने टिमलाई एकलाख एक हजार, दोस्रो हुने हुने टिमलाई ५१ हजार नगद रुपैया सहित ट्रफी, मेडेल र सर्टिफिकेट प्रदान गर्ने जनाएको छ । त्यस्तै मैन अफ द सिरिज हुने खेलाडीलाई २० हजार, वेस्ट व्याट्समानलाई १० हजार, वेस्ट वलरलाई १० हजार, इमर्जिंग प्लेयरलाई १५ हजार तथा मैन अफ द मैच हुनेलाई २ हजार पाँच सयको दरले प्रदान गरिने आयोजकले जनाएको छ ।