वीरगञ्ज:भारी परिमाणमा प्रतिबन्धित लागुऔषधसहित पर्साबाट प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ फुलवारी टोलबाट प्रहरीले लागुऔषधसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी थाना हरपुर–२ बस्ने २६ वर्षका राजकरण साहले रहेका प्रहरीले जनाएको छ । बाराको बलिरामपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको बिआर ०५ एटी ७३२६ नम्बरको प्लाटिना मोटरसाइकल रोकेर प्रहरीले चेकजाँच गरेको थियो । सोही क्रममा साहले मोटरसाइकलको दुवैतर्फ तरकारीको बोराभित्र लुकाइछिपाई राखेको अवस्थामा लागुऔषध बरामद गरेको प्रहरी नायब उपरीक्षक डिएसपी कुमार बिक्रम थापाले जनाए ।

उनको साथबाट प्रतिबन्धित लागुऔषध नुरफिन २०० पिस, डाइजेपाम २०० पिस र फेनारगन २०० पिस गरी जम्मा ६०० पिस फेला पारेको डिएसपी थापाले बताए । पक्राउ परेकालाई लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनायो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको