जनकपुरधाम:धनुषाको विदेह नगरपालिकास्थित तिनकौरिया चोकमा रहेको श्री जनता नमूना माध्यमिक विद्यालय गिद्धा बेलापट्टी पछिल्लो केही वर्ष यता गुणस्तरीय शिक्षालाई लिएर चर्चामा रहँदै आएको छ । केही वर्ष अगाडीसम्म सो विद्यालयमा आफ्ना बालबालिकाको नामांकन गराउन समेत हिचकिचाउने अभिभावकहरु अचेल त्यहाँको गुणस्तरीय शिक्षा र आकर्षक शैक्षिक वातावरण देखेर सोही विद्यालयमा भर्ना गराउनका लागि पुगिरहेका छन् ।

विद्यालयको बढ्दो शैक्षिक गुणस्तर तथा साखमै केन्द्रित रहेर तयार पारिएको वृतचित्र प्रदर्शन गरिएको छ ।

विद्यालय स्वयंले निर्माण गरेको सो वृत्तचित्र प्रदर्शनको उदघाटन जिल्ला शिक्षा समन्यव समितिका प्रमुख चेतकुमार पोखरेलले गरेका थिए ।

वृतचित्र प्रदर्शनको उदघाटन गर्दै पोखरेलले यो विद्यालयको सुधारकालागि शुन्यबाट शुरु गरिएप्नि यति चाँडो गुणस्तरीय शिक्षाका लागि यो क्षेत्रको हबको रुपमा विकसित भएकोमा प्रशंसा गरे । उनले नमूना विद्यालयको रुपमा रहेको यो विद्यालयको थप सुदृढिकरणका लागि आफूले सहयोग गरिरह्ने प्रतिवद्धता व्यक्त गरे ।

लागु औषधबिरुद्धको राष्ट्रिय अभिायनमा लागेका जगदीश चौधरीले विद्यालयको बिर्सन लायक अतितलाई सम्झन लायक वर्तमानमा फर्काउन योगदान पुर्याउने शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयको प्रशंसा गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पवनकुमार मण्डलले विद्यालय सुधारमा आफूले गर्नुपरेको संघर्षका विषयमा सुनाएका थिए ।

वृतचित्र प्रदर्शनी कार्यक्रममा संचारकर्मी श्यामसुन्दर शशि, नेता संजय चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तिम मण्डल लगायतले बोलेका थिए । वक्ताहरुले प्रधानाध्यापक मण्डलको संघर्ष तथा सफलतालाई खुलेर प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको