जनकपुरधाम:सोमवार चैत २६ गते दुर्लभ सूर्य ग्रहण लाग्दैछ । चैत्र मास अमावस्याका दिन लाग्ने यो सूर्य ग्रहण ५४ वर्षपछि लाग्ने दुर्लभ सूर्य ग्रहण भएको पूर्वीय खगोलविद्हरूले जनाएका छन् ।

ज्योतिषशास्त्र अनुसार यो सूर्य ग्रहण विशेष हो । यो ५४ वर्षयताकै सबैभन्दा लामो सूर्य ग्रहण हुनेछ । यसको अवधि ५ घण्टा १० मिनेटको हुनेछ । यो सूर्य ग्रहण सोमवार राति ८ बजेर ५७ मिनेट जाँदा शुरू भएर २ बजेर ७ मिनेटसम्म लाग्नेछ ।

पूर्ण सूर्यग्रहण दक्षिणी प्रशान्त महासागरबाट सुरु हुनेछ । यो उत्तरी अमेरिका र मेक्सिको हुँदै क्यानाडा पुग्नेछ । अमेरिकाका टेक्सास, ओहियो, न्युयोर्कलगायत १३ ठाउँबाट देख्न सकिने छ । कोस्टारिका, क्युबा, डोमिनिका, फ्रेन्च पोलिनेसिया र जमैका जस्ता देशहरूमा पनि आंशिक रूपमा देखिनेछ भने यो सूर्यग्रहण नेपाल र भारतमा देखिने छैन किनभने त्यो बेला यहाँ रात हुनेछ ।

यो सूर्य ग्रहण मीन राशि र रेवती नक्षत्रमा लाग्न गइरहेको छ । यस समयमा चन्द्रमाले सूर्यको सम्पूर्ण डिस्क कभर गर्नेछ र दिनमा अँध्यारो हुनेछ । ग्रहण हुनुभन्दा एक दिन अगाडि चन्द्रमा पृथ्वीको सबैभन्दा नजिकको बिन्दुमा आउनेछ र दुई बीचको दूरी मात्र ३ लाख ६० हजार किलोमिटर हुनेछ । ग्रहणको दिन सूर्यबाट पृथ्वी र चन्द्रमाको औसत दूरी करिब १५ करोड किलोमिटर हुनेछ ।

यो आफैमा दुर्लभ घटना हो। यसअघि सन् १९७३ मा अफ्रिकी महादेशमा यस्तो लामो सूर्यग्रहण देखिएको थियो । सन् २०२४ मा कुल दुईवटा सूर्यग्रहण हुनेछन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको