जनकपुरधाम:सङ्घीय सरकारले भोलि बिहीबार चैत २९ गते रमजानको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल–फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय अनुसार बिहीबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले बुधवार जारी गरेको सूचनामा भनिएको छ ।

इस्लाम धर्मावलम्बीहरूको रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै भोलि ‘इदउत्रफित्र’ मनाउने भएका छन्।केही मुस्लिमले ‘इदउलफित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भई दुई रिकात नमाज पढेर सम्पन्न गर्छन् ।

नमाज पूरा गरेपछि एक अर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा विभिन्न परिकार पकाएर खाने गर्दछन्। रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो । यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात् ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरू ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको