जनकपुरधाम:इरानले इजरायलमाथि गरेको आक्रमणप्रति नेपालले चिन्ता व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले आइबार एक विज्ञप्ति जारी गरी इरान–इजरायलबिचको युद्धबारे आफू गम्भीर रहेको बताएको हो ।

मन्त्रालयले भनेको छ, ‘नेपाल सरकारले पश्चिम एसिया क्षेत्रको विकासलाई नजिकबाट नियालिरहेको छ । यस क्षेत्रमा बढ्दो तनाव र शत्रुताप्रति हामी गम्भीर रूपमा चिन्तित छौँ ।’ मन्त्रालयले युद्धको शान्तिपूर्ण समाधान हुने विश्वास व्यक्त गरेको छ ।

वार्ता र कूटनीतिको माध्यमबाट युद्धको समाधान खोज्न मन्त्रालयले आग्रह गरेको छ । यस्तै मन्त्रालयले सम्बन्धित पक्षलाई अधिकतम संयम अपनाउँदै वार्ता र कूटनीतिको माध्यमबाट शान्ति स्थापना गर्न आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको