जनकपुरधाम:जानकी मन्दिर परिसरमा अवाञ्चिछत कृयाकलाप गर्नेलाई कडा कारबाही गरिने निर्णय गरिएको छ । जानकी मन्दिरमा बसेको सर्वपक्षिय बैठकबाट जानकी मन्दिर परिसर वा त्यस वरपर अवाञ्चिछत कृयाकलाप गर्नेलाई कानूनी दायरामा ल्याई कडा कारबाही गरिने निर्णय गरिएको हो ।

जानकी मन्दिर प्राङ्गणमा भगवान रामको प्रतिमा बनाएर रामनवमी पर्व मनाउने जानकी सेनाको प्रयासलाई मन्दिर प्रशासनले विफल बनाए पछि आइतबार युवाहरुले जानकी मन्दिर अगाडी टायर बालेर बिरोध प्रदर्शन गरेका थिए । त्यस लगत्तै जानकी मन्दिरमा सन्त महन्थ, नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न युवा क्लवका प्रतिनिधि लगायतको उपस्थितिमा बसेको सर्वपक्षिय बैठकबाट जानकी मन्दिरसंग सम्बन्धित बाहेकका कुनै कृयाकलाप गरेका कडा कारबाही गर्ने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए ।

यस अघि हिन्दुहरुको आस्थाको केन्द्रको रुपमा रहेको जानकी मन्दिरमा विभिन्न कार्यक्रमहरुको आयोजना हन थालेपछि त्यस्ता कार्यक्रमहरुलाई रोक लगाउने निर्णय गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको