विराटनगर:विराटनगरको रानी क्षेत्रमा दुई हिन्दु मुस्लिम समूहबीच विवाद भएपछि झडप भएको छ । रामनवमीको अवसरमा हिन्दु संघ संस्थाहरुले निकालेको ¥याली मुस्लिम समुदायको बस्तीमा पुगेपछि तनाव उत्पन्न भएको थियो । ¥यालीलाई तिनीहरुले रोक्न खोजेपछि विवाद हुँदै झडप भएको थियो ।

अवस्था तनावग्रस्त बनेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिएको थियो । सो क्रममा केही राउण्ड अश्रुग्यास र हवाई फायर समेत गरिएको प्रहरीले जनाएको छ । झडपमा परि एक दर्जनभन्दा स्थानीय र सुरक्षाकर्मी समेत घाइते भएको मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताएका छन् ।

विराटनगर १५ का स्थानिय हिन्दु धार्मिक आस्थाका युवाहरुले वृहत मोटरसाईकल ¥याली निकाल्ने तयारीमा जुटेको बेला मुस्लिम युवाहरुले बाटो अवरोध गर्न खोजेपछि झडप भएको बताइएको छ । विराटनगर रानी १५ र १७ विचको सिमानामा मुस्लिम समुदाय र हिन्दु समुदायका युवाहरु विच झडपको स्थिती सिर्जन भएको थियो ।

यसअघिका वर्षमा यसरी आफ्नो समुदायमा हिन्दुले ¥याली नल्याएको यसवर्ष किन ल्याउनु पर्यो भन्दै मुस्लिम समुदायले ¥याली रोक्न खोजेपछि झडप भएको हो । तीन ठाउँमा झडप हुँदा ९ जना प्रहरी र दुवै समुदायका व्यक्तिहरुसहित दर्जनौ घाइते भएका छन् । घाइते मध्ये एकजना बालकको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको