जनकपुरधाम:प्रधानाध्यापक संघ नेपालको मधेश प्रदेशको अध्यक्षमा याज्ञवल्क्य संस्कत नमूना माध्यमिक विद्यालय ज्ञानकूपका प्रधानाध्यापक संजय कुमार झा चयन भएका छन् ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको प्रमुख आतिथ्यमा मधेश प्रदेश भरिका प्रधानाध्यापकहरुको जनकपुरधाममा सम्पन्न भएको भेलावाट झालाई अध्यक्ष पदमा चयन गरिएको हो ।
यसैगरि उपाध्यक्षमा सर्लाहीका सुभाष कुमार यादव चयन भएका छन् भने महासचिव पदमा धनुषाको नगराईन प्रअ प्रमेन्द्र कुमार निधि चयन भएका छन् । यसै गरि सचिवमा राम ईश्वर यादव, सह सचिवमा गौरीशंकर चौधरी, सह–कोषाध्यक्षमा फिरन ठाकुर चयन भएका छन् । ९ सदस्यीय प्रदेश समितिको सदस्यहरुमा धिरेन्द्र चौधरी, देवेन्द्र साह र माधव प्रसाद दहाल चयन भएका छन् । जिल्ला कोर्डिनेटरमा गिद्धाका प्रअ पवन मण्डल, राजकिशोर महतो र मौजेलाल साह चयन भएका छन् ।
प्रधानाध्यापक संघका केन्द्रीय प्रतिनिधि जगत धानी, नेपाल शिक्षक संघ धनुषाका जिल्ला अध्यक्ष रामस्नेही यादव तथा ट्रेड यूनियन धनुषाका अध्यक्ष महावीर दासको विषेश उपस्थितिमा प्रदेश समिति चयन गरिएको हो ।