जनकपुरधाम:प्रहरीले सिरहाको लहानबाट आफ्नै छोराको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।

जिल्लाको सखुवा ननकारकटी गाउँपालिका–५ घर भई लहान नगरपालिका १ मा बस्दै आएकी सरताकुमारी साहले आफ्नो पाँच वर्षिय छोरा आयुष साहको हत्या गरेको आरोपमा पक्राउ परेको सिरहा प्रहरीले जनाएको छ ।

गत वैशाख ११ गते दिउँसो साढे ५ बजे स्थानीयले बालक बेपत्ता भएको प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले खोजतलाश गर्ने क्रममा सरिता सुत्ने कोठामा रहेको बक्स पलङको ‘घर्रा’ भित्र मृत अवस्थामा छोरा आयुषलाई फेला परेको सिरहाका डिएसपी मुक्तिनाथ सापकोटाले बताए ।

सरीतालाई सोही दिन पक्राउ गरी सिरहा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको सिरहा प्रहरीले जानकारी दिएको छ । प्रहरी नियन्त्रणमा रहेकी सरिताले आफ्नो छोराको हत्या गरेको स्वीकार गरिसकेको सिरहा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको