जनकपुरधाम:यही वैशाख १६ गतेदेखि आयोजना हुन लागेको हातीपाइले रोग विरुद्धको आम औषधि खुवाउने अभियान बारे सरोकारवाला संघ संस्थाहरुसँग स्वास्थ्य कार्यालय धनुषाले अन्तरक्रिया गरेका छन् ।

जिल्ला समन्वय समितिका सभापति राजनन्दन साहको अध्यक्षतामा भएको सो अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय धनुषाका शिवजी दासले हातीपाइले रोगले हुन सक्ने असर र निवारण गर्न औषधिले सहयोग पुरयाउने बारे जानकारी गराएका थिए ।

अन्तरक्रियामा सहभागी सरोकारवाला संघ संस्थाहरुले अभियान सफल सकेसम्म सहयोग गर्ने प्रबिद्धता जनाएका छन् ।

कार्यक्रममा स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवले हातीपाइलेको बारे केही भ्रम श्रृजना गरिएको कारण नागरिकले औषधि खान आनाकानी गर्दै आएकाले सबैले औषधि खाउन भन्ने अभियान सफल पार्न सबैले आ आफ्नोतर्फबाट सहयोग गरिदिन आग्रह गरे ।

यस्तै कार्यक्रमका अध्यक्ष जिसस सभापति साहले हातीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सफल पार्न औषधि बारे समाजमा रहेका भ्रम चिर्ने खालका प्रचार प्रसार बढीभन्दा बढी गर्न जरुरी रहेको भने ।

जिल्लामा यसवर्ष जिल्लामा ८ लाख ७४ हजार जनालाई हात्तीपाइले औषधी खुवाउने लक्ष्य रहेको छ र जिल्लाको १८ वटै पालिका, प्रत्येक स्वास्थ्य संस्था र विद्यालयसहित घरदैलोमा गई स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविकाले औषधि खुवाउने स्वास्थ्य कार्यालय धनुषाका शिवजी दासले बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुराम कडारिया, नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्ष नरेश सिंह लगायतका व्यक्तिहरुले पनि आ आफ्ना धारणा राख्दै सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको