काठमाडौं:नेपालमा ६०.१ प्रतिशत एकल परिवार रहेको तथ्यांकले देखाएको छ । वाग्मतीमा एकल र मधेसमा संयुक्त परिवार बढी छन् ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार र ३९.९ प्रतिशत संयुक्त र ६०.१ प्रतिशत एकल परिवार रहेको छ । बाग्मतीमा कुल परिवारको ६४.९ प्रतिशत एकल परिवार र ३५.१ प्रतिशत संयुक्त परिवार रहेको छ । मधेस प्रदेश चौथो स्थानमा रहेका छन् । मधेशमा कुल परिवारको ५४.६ प्रतिशत एकल र ४५.४ प्रतिशत संयुक्त परिवार रहेको छ ।
दोस्रोमा गण्डकी प्रदेशमा ६३.२ प्रतिशत एकल र ३६.८ संयुक्त परिवार छ । कर्णाली प्रदेशमा ६१.२ प्रतिशत एकल र ३८.८ प्रतिशत संयुक्त परिवार छ ।
कोसी प्रदेशमा ६१.० प्रतिशत एकल र ३९.० प्रतिशत संयुक्त परिवार छ । लुम्बिनीमा ५८.५ प्रतिशत एकल र ४१.६ प्रतिशत संयुक्त परिवार छ । कार्यालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार सुदूरपश्चिममा ५५.१ प्रतिशत एकल र ४४.९ प्रतिशत संयुक्त परिवार रहेको छ ।