काठमाडौँ:आम आदमी पार्टीका अध्यक्ष तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लोकसभा निर्वाचनका लागि १० ग्यारेन्टी अघि सारेका छन् । जेलबाट निस्किएसँगै चुनावी अभियानमा आक्रामक बनेका केजरीवालले प्रतिपक्षी गठबन्धन सत्तामा आएको अवस्थामा १० ग्यारेन्टी पूरा गर्ने प्रतिवद्धता जनाएका इन्डियन एक्सप्रेसमा समाचार छ ।

आम आदमीले लोकसभाको २२ सिटमा प्रतिस्पर्धा गरेको छ । तीमध्ये दिल्लीका ४, पञ्जाबका १३ र हरियाणाको एक चुनाव क्षेत्रमा मतदान हुनै बाँकी छ । यी निर्वाचन क्षेत्रलाई केन्द्रित गर्दै अभियान सार्वजनिक गर्ने क्रममा केजरीवालले मोदीको ग्यारेन्टीलाई काउन्टर दिएका हुन् ।

दिल्लीमा आइतबार पत्रकार सम्मेलनमा सम्बोधन गर्दै केजरीवालले भनेका छन्, ‘भाजपाले आफ्ना प्रतिवद्धता पूरा गर्न सकेको छैन । मैले अघि सारेका एजेण्डा पूरा भएको दृष्टान्त तपाईहरुसमक्ष नै छ । अब मतदातासँग केजरीवाल र मोदीको ग्यारेन्टीमध्ये एक चुन्ने अवसर छ’ उनको भनाइ उद्दृत गर्दै भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् ।

केजरीवालले विद्युत, शिक्षा, विश्वस्तरीय स्वास्थ्य, चिनियाँ अतिक्रमणमा रोक, अग्निपथ, किसानका मुद्दामा ग्यारेन्टी अघि सारेका हुन् । उनको ग्यारेन्टीमा दिल्लीलाई राज्यको दर्जा, रोजगारीमा सुधार, भ्रष्टाचारविरुद्ध सशक्त कारबाही आदि छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको