जनकपुरधाम, असार १५ गते । असार १५ गते देशैभरिसहित धनुषाको मिथिला बिहारी नगरपालिकाले पनि धान दिवस मनाएको छ ।

नगरपालिकाको वडा नम्बर १ भूतही पटेर्वामा पालिकाको कृषि शाखाको आयोजनामा धान दिवस मनाइएको हो । नगरप्रमुख राजेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्य र किसानहरुको सहभागितामा धान दिवस मनाइएको छ । सो दिवसको अवसरमा नगरप्रमुख किसानहरुसँगै धान रापेको छन् ।

धान रोपाई कार्यक्रमपछि पालिकास्थित किसानका परिवारहरुलाई उत्सव पर्व रहेको भन्दै आँप चुराको भोज समेत खुवाइएको छ । पालिकामा धान दिवस मनाइएकोमा किसानहरु निकै उत्साहित देखिएका थिए । धान दिवस कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले कृषि क्षेत्र रहेका यस नगरपालिकामा धानसहितका खेतीका लागि सकेसम्म सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको