जनकपुरधाम:विद्यालयको बसले ठक्कर दिँदा धनौजीमा एक बालिकाको मृत्यु भएको छ । जनज्योती बोर्डिङ्ग स्कुलको बस विद्यार्थी लिन गईरहेको समयमा विद्यालय गईरहेकी एक बालिकालाई ठक्कर दिँदा घटना स्थलमै मृत्यु भएको हो । जनज्योती स्कुलको बा३प ९०६५ नम्बरको बसको ठक्करबाट मृत्यु हुनेमा धनौजी २ कटैयाको आरोही कुमारी मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए ।

ठक्कर दिने बसको चालक फरार रहेको र उनको खोजी कार्य भईरहेको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।

यता घटनापछि आक्रोशित स्थानीयले ज्ञानज्योती बोर्डिङ्ग स्कुलको बसमा आगजनी समेत गरेका छन् । आगजनीबाट बसमा पूर्ण रुपमा क्षति पुगेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको