जनकपुरधाम:धनुषामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हँसपुर नगरपालिका–६ टिल्हीका २२ वर्षीय अरबिन्दकुमार मण्डल रहेका छन् ।

धनुषाका प्रहरी नायब उपरीक्षक बरुण बहादुर सिंहका अनुसार सोमबार साँझ जेनरेटरमा तार जोड्ने क्रममा ११ हजार भोल्टेजको बिजुलीको तारमा छुन गई मण्डलको मृत्यु भएको हो । छिमेकीको पूजाका लागि जेनेरेटरको लाइन जोड्ने क्रममा ११ हजार भोल्टको तारमा छुन गई करेन्ट लागेको थियो । उद्धार गरेर तुरुन्तै उपचारकालागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याउँदा चिकित्सकसले उनलाई मृत घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको