जनकपुरधाम:पेन्ट्सहरुमा प्राणघातक विषाक्त रसायन लेड (सिसा) को प्रयोग अत्यधिक मात्रामा भइरहेको पाइएको छ । जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र (सेफेड) काठमाण्डौले गरेको अनुसन्धानमा मापदण्ड भन्दा २ हजार ३७६ गुणाभन्दा बढी लेडको मात्रा पाइएको हो ।

काठमाडौमा आयोजित एक कार्यक्रमका बीच सिफेडले आफ्नो अनुसन्धानको रिपोर्ट सार्वजनिक गर्दै नियन्त्रणकारी सरकारी निकायका पदाधिकारीहरुबीच यस्तो भयावत अवस्था चित्रित गरेका छन् ।

कार्यक्रममा सेफेडका कार्यकारी निर्देशक तथा वातावरण वैज्ञानिक रामचरित्र साहले भर्खरै साना तथा मझौला पेन्ट उद्योगका पेन्टहरुमा गरिएको अध्ययन प्रतिबेदन प्रस्तुत गर्दै नियन्त्रणकारी सरकारी निकायको बेवास्ताका कारण जानलेवा रसायन लेडको अत्यधिक मात्रामा प्रयोग भइरहेको औल्याए ।

काठमाडौं, भक्तपुर, ललितपुर, बिराटनगर, चितवन, वीरगंज, हेटौडा मा रहेका १८ वटा साना तथा मझौला उद्योग उद्योगहरूका १९ वटा ब्रान्डका २० वटा पेन्टका नमूनाहरुको सिफेडले लेड बारे अनुसन्धान गरेको थियो । रातो, गोल्डन पहेलो, फिरोजÞा, हरियो, कालो, खैरो, चॉकलेट रङका पेन्टहरु समावेश गरिएको थियो ।

सरकारले ९० पिपिएम भन्दा बढी लेडको प्रयोग गर्न नपाउने मापदण्ड बनाएकोमा अध्ययनका लागि संकलन गरिएका २० वटा पेन्टका नमूनाहरुमा ११ (५५%) सरकारी मापदण्डको परिपालना गरेका थिऐ भने बाकि ९ (४५%) नमूनाहरुले सरकारी मापदण्डको परिपालना गरेका थिएन । ९ मध्ये ७ (७७.७७%) मापदण्डको परिपालना नगरेको पेन्ट्स नमूनाहरूमा १० हजार पीपीएम भन्दा बढी सीसाको खतरनाक उच्च स्तर पाऐको थियो भने ९ मध्ये ३ मा (३३.३३%) मा एक लाखभन्दा बढी र ९ मध्ये एउटामा (११.११%) मा २ लाख पीपीएम भन्दा बढी लेडको मात्रा पाइएको हो ।

प्रत्येक नेपाली भान्सामा व्यापक रुपमा प्रयोग हुने बेसारजस्ता मसलामा, घर फर्निचर, स्कूल, खेलमैदान आदि रङगाउने पेन्ट्स तथा अन्य दैनिक उपभोग्य वस्तुहरू जस्तै कस्मेटिक्स, चाउचाउ, आयुर्वेदिक औषधि, कृत्रिम गहना, लेड एसिड ब्याट्री, इलेक्ट्रोनिक फोहरमा सिसाको स्रोत लाई कम गर्न र÷वा उनमुलन गर्नको लागी नियमित बजार तथा उद्योग अनुगमनमार्फत पेन्टमा लेडको मापदण्डलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सबै सरकारी प्रतिनिधि, अतिथि तथा सरोकारवालाहरूले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने कार्यकारी निर्देशक साहले माग गरेका थिए ।

व्यावसायीहरूको सामाजिक उत्तरदायित्व अभिवृद्धि, व्यापक जनचेतना र उपभोक्ता सचेतना अभिवृद्धि गर्ने, राष्ट्रिय ब्लड लेड लेभल स्क्रिनिङ नीति अवलम्बन गर्ने, नेपालका प्रत्येक प्रदेशमा रहेका सबै नेपाली बालबालिका हरुको रगतमा लेड परीक्षण का लागि प्रयोगशाला जस्ता आवश्यक पूर्वाधारको विकास गर्ने, त्यस्ता परीक्षण केन्द्रहरूको सहज सञ्चालनका लागि आवश्यक तालिम प्राप्त जनशक्ति र पर्याप्त वार्षिक बजेटको विनियोजन गर्ने आवस्यक्ता रहेको छ ।

सो कार्यक्रममा नेपाल सरकार स्वस्थ तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिब डा. दिपेन्द्र रमण सिंह,वन तथा वातावारण विभागका महानिर्देसक ज्ञानराज सुबेदी, काठमाडौँ मेडिकल कालेज का प्रोफेसर डा सुनिल कुमार जोशी, नेपाल हेल्थ्केअर पत्रकार समाजका अध्यक्ष तुल मिश्रा, लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको