काठमाडौँ : साबिक विजेता कलकत्ता नाइट राइडर्सले आफ्नो मैदान इडेन गार्डेनमा २२ मार्चका दिन इन्डियन प्रिमियर लिग (आइपीएल)को उद्घाटन खेल आयोजना गर्दैछ ।
सोही मैदानमा २५ मे मा फाइनल खेल हुनेछ । २३ मे मा दोस्रो क्वालिफयर पनि सोही मैदानमा हुनेछ । इडेन गार्डेनमा १० वर्षको अन्तरालमा फाइनल खेल हुन लागेको हो । यसअघि सन् २०१३ र २०१५ को फाइनल खेल आयोजना भएको थियो । यो सिजनको पहिलो क्वालिफायर र इलिमिनेटरका खेल भने हैदरावादमा आयोजना हुनेछन् । गत संस्करणको उपविजेता सनराइजर्स हैदरावाद हो ।
आइपीएलमा ७४ खेल हुँदैछन् । पहिले खेलमा कलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बंगलोरकाबीच प्रतिस्पर्धा हुनेछ । भारतका विभिन्न १३ मैदानमा खेल सञ्चालन हुनेछ । १० गृह मैदानका साथ विशाखापटनम, धर्मशाला र गुहावटीमा पनि खेल हुनेछ ।

