जनकपुरधाम : बलिउड अभिनेता गोविन्दा र उनकी श्रीमती सुनिता आहुजाको सम्बन्ध विच्छेदको आशंका बढेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार ६१ वर्षीय गोविन्दा ३० वर्षीय मराठी अभिनेत्रीसँग अफेयरमा छन्। यही कारण सुनिता विवाहको ३७ वर्षपछि सम्बन्धविच्छेद गर्न चाहन्छिन् । तथापि दुवैले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

तर गोविन्दाका भतिजा तथा हास्य कलाकार कृष्णा अभिषेकले भने यो सम्भव नभएको बताएका छन् ।

सुनिताले भनेकी थिइन् – गोविन्दा र म छुट्टाछुट्टै घरमा बस्छौँ

सुनिताले केही समयअघि आफू र गोविन्दा सँगै नबस्ने खुलासा गरेकी थिइन् ।

उनले भनेकी थिइन् हाम्रा दुईवटा घर छन् । म एउटा फ्ल्याटमा छोराछोरीसँग बस्छु, गोविन्दा अर्को फ्ल्याटमा बस्छन्। गोविन्दा कामको सिलसिलामा राति ढिला घर आउँछन् । जसका कारण हामी सँगै बस्दैनौँ । सुनिताले युट्युब च्यानल हिन्दी रशलाई अन्तर्वार्ता दिँदै यी कुरा भनेकी थिइन् ।

जुम टीभीको रिपोर्टअनुसार गोविन्दा र सुनिताको सम्बन्धविच्छेद भएमा यसलाई ग्रे डिभोर्स भनिन्छ । वास्तवमा २५ देखि ४० वर्षसम्म सँगै बसेपछि जब जोडीको सम्बन्ध विच्छेद हुन्छ, त्यसलाई ग्रे डिभोर्स भनिन्छ । यसलाई सिल्भर स्प्लिटर्स पनि भनिन्छ । अमेरिका र युरोपमा यो शब्दको प्रचलन बढे पनि अहिले भारतमा पनि यसको चर्चा बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको