जनकपुरधाम : जनकपुरधामको मिठाई पसल लडडु गोपाल स्विट्स एण्ड स्न्याक्सले आफ्नो तेस्रो शाखा विस्तार गर्दै जनकपुरधामको तपसी चोकमा नयाँ शाखा खोलेको छ ।

बुधवार एक कार्यक्रमकाबीच लडडु गोपाल स्विट्सका संस्थापक लालबाबु साह र रामदुलारी देवी साहले रिबन काटेर नयाँ शाखाको उद्घाटन गरेका हुन् ।

यस अवसरमा सञ्चालक बीरेन्द्र साहले भने, ‘हामी यहाँ ५१ प्रकारका शुद्ध र गुणस्तरीय मिठाई र अन्य परिकारहरू उपलब्ध गराउँछौं । यो तेस्रो शाखा विस्तार गरेर हामीले पनि मिठाईको गुणस्तरमा कुनै सम्झौता नगर्ने वाचा गरेका छौं ।’ उनले थपे, ‘यो शाखा पनि हाम्रो अन्य शाखाजस्तै गुणस्तरीय र उत्कृष्ट हुनेछ ।’

लडडु गोपाल स्विट्स एण्ड स्न्याक्सको पहिलो शाखा जनकपुरधामको क्याम्पस चोकमा र दोस्रो शाखा जनकपुरधाम विमानस्थलमा स्थापना गरिएको थियो । तेस्रो शाखा तपसी चोकमा ५० लाखको लगानीमा स्थापना गरिएको हो । तीनवटै शाखामा अहिले ५१ जना कर्मचारीलाई रोजगार दिइएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको