 
							जनकपुरधाम : परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय समकक्षी एस जयशंकरबिच मंगलबार भेटवार्ता भएको छ । रायसिना संवादको साइडलाइनमा नयाँ दिल्लीमा यो भेट भएको हो ।
परराष्ट्रमन्त्री राणाले विदेशमन्त्री जयशंकरसँगको भेट अत्यन्तै फलदायी भएको बताएकी छन् । उनले भनेकी छन्, ‘महामहिम जयशंकर र मैले द्विपक्षीय सम्बन्धको समीक्षा ग¥यौँ, विभिन्न क्षेत्रहरूमा जारी संलग्नताहरूबारे छलफल ग¥यौँ र जनता–जनता र कूटनीतिक आदानप्रदान बढाउनका लागि अवसरहरू पहिचान ग¥यौँ ।’
भेटमा आफूले भारतको छिमेकी पहिलो नीतिको लागि प्रशंसा व्यक्त गरेको र भारतसँगको सम्बन्धलाई नेपालले निरन्तर प्राथमिकता दिएको कुरा व्यक्त गरेको बताएकी छन् ।


 
												 
												 
												 
												 
												 
												 
								 
								 
								 
								