जनकपुरधाम : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको हेलो सरकारको वेबसाइट रुसी ह्याकर समूहले ह्याक गरेको छ ।

‘घुद्रा’ (न्जगमचब) नामक रूसी ह्याकरको समूहले हेलो सरकारको वेबसाइट ह्याक गरी कब्जामा लिएको हो । ती समूहले आफूलाई फेन्सी बियर्स एपीटी २८’ अन्तर्गत रहेको रुसी सैन्य इन्टेलिजेन्ससँग नजिक भएको चिनाउँछन् । साथै यो (न्जगमचब (ँबलअथ द्यभबच ब्एत् २८) ह्याकर समूहले रुसी सैन्य इन्टेलिजेन्ससँग नजिक भएर काम गरिरहेको दाबी गर्छ ।

ह्याकरले हेलो सरकार वेबसाइटमा राखिएका संवेदनशील डेटाहरू डार्कवेबमा बिक्रीमा राखिदिएका छन् । जसमा ह्याकर समूहले १ हजारमा पूरै डेटाबेस र १ हजार ३ सय डलरमा लाइभ सेल एक्सेस दिने उल्लेख गरेका छन् ।

ह्याकर समूहले भनेका छन्, ‘नेपाल सरकारले हामीसँग सम्पर्क गर्न अस्वीकार गरेका हामी यो सुरक्षा डेटा बिक्री गर्न बाध्य भएका छौं।’ साथै उक्त पोस्टमा हेलो सरकारको सिस्टमको फाइल मेनेजरको स्क्रिनसट राखिदिएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको