काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग आक्रोश व्यक्त गरेका छन् ।

युद्ध विरामका लागि प्रयास गरेको एक सातापछि एनबिसी न्युजसँगको अन्तरवार्तामा ट्रम्पले रुसबाट युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको विश्वनियतामा अनावश्यक प्रश्न उठाउने काम मात्र गरेकाले समस्या आएको बताए ।

उनले रुस युद्ध विरामका लागि सहमत नभए त्यहाँ बाट आउने तेलमा ५० प्रतिशत करको निर्णय गर्ने चेतावनी दिए। ‘युक्रेनमा रक्तपात पूर्ण अवस्थाको अन्त्य भएन र त्यसको जिम्मेवार रुस हो भन्ने मलाई लागेमा माथिल्लो तहको प्रतिबन्ध लगाउन तयार हुनुपर्छ’, ट्रम्पले भने ।

अमेरिकी राष्ट्रपतिको पदमा निर्वाचित भएदेखि नै युद्ध विरामको प्रयासमा लागेका ट्रम्पले यस बीचमा युक्रेनलाई दबाब दिँदै आएका थिए । उनलाई कतिपयले रुसप्रति लचिलो भएको आरोप लगाएका थिए। ट्रम्पले पहिलो पटक रुसलाई यसरी चेतावनी दिएका हुन् ।

एनबिसीले गरेको फोन अन्तरवार्तामा ट्रम्प रुससँग अत्यन्त क्रोधित भएका थिए भने उनले जेलेन्स्कीलाई पनि तानाशाहको रूपमा व्याख्या गरे । जेलेन्स्कीले वार्ताको क्रममा त्यहाँको निर्वाचन रोकेर आफू पदमा यथावतै हुनका लागि प्रस्ताव गरेका छन ्। यसले युक्रेनमा राजनीतिक अस्थिरता बढ्ने संकेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको