जेनजी मुभमेन्ट एलायन्सले रास्वपाका उम्मेदवारको गाडीको ठक्करबाट ४ बालिकाको निधन भएको घटनाको तत्काल छानबिन सुरु गर्न माग गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै एलायन्सले सो माग गरेको हो ।

एलायन्सले फरार भनिएका उम्मेदवार र चालकलाई पनि तुरुन्त नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाउन समेत माग गरेको छ  । जारी विज्ञप्तिमा भनिएको छ : ‘घटना लगत्तै गाडीमा सवार उम्मेदवार तथा चालक फरार हुनु, पीडित परिवारसँग कुनै मानवीय संवेदना नदेखाइनु र घटनालाई सामान्य बनाउने प्रयास हुनु गम्भीर र निन्दनीय विषय हो ।  कानुनभन्दा माथि कोही छैन भन्ने संवैधानिक मान्यतालाई यस घटनाले पुनः चुनौती दिएको छ।’

एलायन्सले पीडित परिवारलाई न्यायोचित क्षतिपूर्ति, निःशुल्क कानुनी सहयोग र दीर्घकालीन सामाजिक सुरक्षा सुनिश्चित गर्न समेत माग गरेको छ ।  केही दिनअघि रौतहट जिल्लाको ईशनाथ नगरपालिका ४ मठिया टोलमा रास्वपाका उम्मेदवार सगिर अलिमको गाडीको ठक्करबाट ४ वर्षीय बालिका अल्फा खातुनको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको