नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ।

बिहीबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा तीन हजार रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार पाँच सय रूपैयाँ पुगेको छ।

बिहीबार सुन प्रतितोला तीन लाख ६ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ।बिहीबार तोलामा पाँच हजार तीन सय ४० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पाँच हजार रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय ४० रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार नौ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको